२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

टी-२० सिरिजको फाइनलमा चुक्यो नेपाल, कुवेतले जित्यो उपाधि

काठमाडौँ । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाए ।

नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए। कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए । यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए। प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्रै बनाउन सक्यो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।