२०८२ जेष्ठ ६ गते सोमबार
२०८२ जेष्ठ ६ गते सोमबार

अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं । यु १९ वर्ल्डकपमा अफगानिस्तान छनोट भएको छ । आज (शनिबार) नेपाल र अफगानिस्तानबीच मूलपानी मैदानमा प्रतिस्पर्धाको समय तालिका भए पनि मौसमका कारण खेल हुन नसकेपछि नेट रन रेटको आधारमा अफगानिस्तान छनोट भएको हो ।

मूलपानीमा आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भइरहेको छ । छनोटको अन्तिम दिनमा अफगानिस्तान विश्वकपमा पुगेको छ। खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।

प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो । दुवै टोलीले तीन–तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ। पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो। आइसीसी यू–१९ विश्वकप आउँदो वर्ष जिम्बावेमा हुँदैछ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।