२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

राप्रपा कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ

काठमाडौं । निषेधित क्षेत्र तोड्ने घोषणासहित प्रदर्शनमा उत्रेका राप्रपाका नेता–कार्यकर्ता र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा ‘घम्साघम्सी’ भएको छ। बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो।

सरकारले भने बलजफ्ती गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । सडकमा ठूलो संख्यामा प्रहरीहरू परिचालित छन् । राप्रपा नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले माइकिङ गरेको छ । शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो । आइतबार प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न प्रयास गरेपछि माइकिङ गरिरहेको छ।

राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो । राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् । आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।