रुकुमको ठूलो भेरीमा जिप खस्यो, ३ जनाको मृत्यु

0
591

रुकुम, १५ बैशाख । रुकुममा आज भएको सवारी दुर्घटनामा ३ जनाकाृ मृत्यु भएको छ । रुकुम आठबिस नगरपालिका १४ पिपलचौरबाट सोही नगरपालिकाको राडी बजारका लागि छुटेको जिप पिपलचौरबाट ठूली भेरीमा खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चौरजहारी नगरपालिकाका १ बर्षीय बालक सिजन बुढा र जाजरकोट सग्लाका २४ बर्षीय कुमबहादुर वस्नेतको मृत्यु भएको हो । मृतक एकजनाको भने सनाखत हुन सकेको छैन् । दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार भएको छ ।

जिप दुर्घटनाको कारण भने खुलेको छैन । जिपमा सवार सबै यात्रुको विवरण आइनसकेको प्रहरीको भनाइ छ ।