अनैतिक कृयाकलापमा संलग्न ५ भारतीय नागरिक सहित १२ जना पक्राउ

0
363

सुरुङ्गा (झापा), २६ वैशाख । झापाका बिभिन्न होटलबाट अनैतिक कृयाकलापमा संलग्न ५ भारतीय नागरिक सहित १२ जना पक्राउ परेका छन् । हिजो इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो । त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए ।