दिक्क लाग्दो मतगणना

0
677

काठमाडौं, ३ जेठ । मतदान सकिएको तिनदिन सम्म् अधिकांश स्थानीयत तहमा १० प्रतिशत पनि मतगणना हुन नकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ ।

आईतबार पहिलो चरणअन्र्तगत दुई सय ८३ मध्ये दुई सय ८१ स्थानीय तहमा मतदान भए पनि काठमाडौं ललितपुर,भक्तपुर,पोखरालगायत अधिकांश ठाउँका मतगणना १० प्रतिशत भन्दा बढि हुन सकेको छैन ।

गणनाले गति लिन नकेपछि निर्वाचन परिणामको पर्खाईमा रहेका सर्वसाधारणले निर्वाचन आयोगको आलोचना गर्न थालेका छन् ।