२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

शंकर पोखरेलको प्रश्न- प्रचण्डजी तपाईं के बोल्दै हुनुहुन्छ ?

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै सरकार डरले रुझेको बिरालो भएको छ भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएको देखेर प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।

पोखरेलले विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको, बैङ्कको तरलता वृद्धि भएको, ब्याजदर घटेको छ र लगानी वृद्धि हुन थालेको बताएका छन्। त्यस्तै निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको उनले बताए ।

पोखरा–मुग्लिन सडक, गैडाकोट(बुटवल सडक आदि बनेको भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको दाबी गर्दै यसले दाहाललाई छटपटी बढेको महासचिव पोखरेलले बताए । ‘भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’ भन्दै उनले प्रश्न गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।