२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन्। ‘धेरै सोच विचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । मेरो यो कदम क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा जान खोजेको होइन–यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन्।

आफूलाई निरन्तर सहयोग गरेको भन्दै उनले क्यानप्रति आभार व्यक्त गरेका छन् । नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्। ‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरुले भरिएको यात्रा हो । अझै धेरै कुराहरु सिक्न बाँकी छ । धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ । म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन् । सन्दीपले भनेका छन्, ‘कहिलेकहिँ छनोटहरु उद्देश्य र विकासको ठाउँबाट गरिन् ।’

नयाँ उर्जा र खुला हृदयका साथ आफ्नो यात्रा जारी रहेको भन्दै सन्दीपले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघले पछिल्लो समय स्कटल्यान्डमा हुने लिग २ का लागि टोली घोषणा गरेको छ। र उक्त टोलीमा लामिछाने पनि परेका छन्। क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे। उनले निर्णय सम्झौता जुन महिनामा सकिनेछ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।