ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन विजयी

0
394

काठमाडौं, १० जेठ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार चिरिबाबु महर्जन र उपमेयरमा गिता सत्याल विजयी भएका छन् ।

महर्जनले २४६४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यन्जनकारले २४३१६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपमेयरमा पनि कांग्रेसकी गिता सत्यालले १९८१९ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी शोभा शाक्यले १४२४० मत प्राप्त गरेकी छन्