२०८२ असार २९ गते आईतवार
२०८२ असार २९ गते आईतवार

कवि जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान

काठमाडौं । कवि तथा कलाकार जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ ।

गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापनको क्रममा खत्रीलाई सम्मान गरिएको हो ।

 

खत्री सहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवको क्रममा रातो कार्पेट सहित सम्मान गरिएको थियो ।

जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । सन् २०२० मा कोरियामा रहेर कविता लेखिरहेका ३५ नेपाली कविहरूको ७० कविता वटा कविताको संग्रह ‘यो मेशिनको सहर हो’ प्रकाशित भएको थियो । त्यही कृतिको आधारमा डकुमेन्ट्री ‘मेशिनको देशमा’ निर्माण गरिएको थियो । लि गिजु र मोहन कार्कीले कोरियन भाषामा अनुवाद र कवि पराजित पोमुले सम्पादन गरेको यो कृतिले चर्चा पाएको थियो ।

आयोजकका अनुसार चलचित्र महोत्सव लागि विश्वभरबाट २ हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए । महोत्सवमा ५७ देशका २२४ चलचित्रहरू (१४८ फिचर चलचित्रहरू र ७६ छोटो चलचित्रहरू) प्रदर्शन गरिएका थिए । ३० अप्रिलदेखि ९ मेसम्म भएको अन्तर्राष्ट्रिय महोत्सवमा ‘मेसिनहरूको देशमा’ ले उत्कृष्ट हुँदै समापन शो पाएको थियो ।

१२ वर्षदेखि कोरियामा रहेका खत्री रोजगारीसँगै साहित्य क्षेत्रमा सक्रिय छन् । आफूले अपेक्षा गरेको भन्दा बढी ‘रेड कार्पेट सम्मान’ पाएको कवि खत्रीले बताए ।

‘यो सम्मान पुस्तकमा समावेश सबै कवि, कोरियामा रहेर कविताकर्म गरिरहनु भएका आम नेपाली कविहरूको पनि हो । यो सम्मान, नेपालकै सम्मान हो,’ उनले भने ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।