२०८३ श्रावण २३ गते शनिबार
२०८३ श्रावण २३ गते शनिबार

ह्वाट्सएपले ल्याउँदै नयाँ सुविधा, पेन ड्राइभमै राख्न सकिनेछ च्याटको ब्याकअप

मेटा स्वामित्वको लोकपि्रय मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । उक्त फिचर आएसँगै प्रयोगकर्ताहरुले गुगल ड्राइभमा सुरक्षित रहेका ह्वाट्सएपका च्याट ब्याकअपलाई एक्सपोर्ट गर्न वा अन्य कुनै सर्भर वा डिभाइसमा ब्याकअप गर्न सक्नेछन् । अर्थात् गुगल ड्राइभमा रहेको ह्वाट्सएप ब्याकअपलाई पेन ड्राइभमा सार्न सकिनेछ ।

यो नयाँ फिचर तत्कालका लागि ह्वाट्सएपका बिजनेस प्रयोगकर्ताका लागि परीक्षण भइरहेको छ । बिजनेस अकाउन्ट भएका प्रयोगकर्ताहरुले विभिन्न डिभाइसमा ह्वाट्सएप प्रयोग गर्दा च्याट तथा सम्पर्क नम्बरहरुका विषयमा समस्या उत्पन्न नहोस् भनेर यो फिचर ल्याएको बताइएको छ ।

ह्वाट्सएपका विभिन्न नयाँ फिचरको बिटा भर्सनको बारेमा जानकारी दिने WABetaInfo ले यस विषयमा रिपोर्ट प्रकाशित गरेको छ । जसमा नयाँ फिचरको एक स्क्रिनसर्ट पनि सेयर गरिएको छ ।

रिपोर्ट अनुसार यो अपडेटसँगै ह्वाट्सएपको च्याटको ब्याकअपलाई पेनड्राइभ जस्ता कुनै पनि लोकल डिभाइसमा संग्रहित गर्न सकिनेछ । उक्त ब्याकअपमा टेक्स्ट च्याटसँगै फोटो तथा भिडियो र भ्वाइस मेसेज पनि रहनेछ ।

ह्वाट्सएपले निकट भविष्यमै गुगल ड्राइभ ब्याकअपमा निश्चित स्टोरेजको सीमा तय गर्ने बताइएको छ । यस्तो अवस्थामा ह्वाट्सएप ब्याकअपलाई पेनड्राइभमा सार्न सकिने फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । यो सँगै अब प्रयोगकर्ताले गुगल ड्राइभको स्टोरेज भरिएसँगै ह्वाट्सएप ब्याकअपलाई पेनड्राइभमा सारेर गुगल ड्राइभ खाली गर्न सक्दछन् । त्यसरी पेनड्राइभमा सारिएका ब्याकअप जुनसुकै बेला गुगल ड्राइभ सार्न पनि सकिन्छ ।

ह्वाट्सएप्को यो नयाँ फिचर कहिलेदेखि जारी हुन्छ भन्ने विषयमा हाल कुनै जानकारी दिइएको छैन । हाल यो फिचर एन्ड्रोइडका लागि मात्रै रहेकोमा आइओएस प्रयोगकर्ताले आइक्लाउडबाड पनि ब्याकअप लिन सक्छन् कि सक्दैनन् भन्ने पनि खुलेको छैन ।

समाचार अनुसार यो नयाँ फिचरको परीक्षण ह्वाट्सएप बिजनेस अकाउन्टको बिटा भर्सन २.२२.१३.१० पनि भैरहेको छ । बिजनेस एपको आइओएसको बिटा भर्सन २२.१२.०.७३ मा पनि यो फिचरको परीक्षण भैरहेको छ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।