२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

सरकारको डिजिटल नेपाल फ्रेमवर्क अलपत्र, परिमार्जन गर्न महालेखाको सुझाव

३१ वैशाख, काठमाडौँ। सरकारले अघि बढाएको महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क’ अलपत्र परेको छ ।

बुधबार महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२औँ वार्षिक प्रतिवेदनले महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क’ अलपत्र परेको ठहर गर्दै कार्यान्वयन योग्य बनाउन सरकारलाई सुझाव दिएको हो ।

‘…डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि जिम्मेवार निकायको किटान नगरेको, विनियोजित बजेट यकिन नभएको, फ्रेमवर्क परिमार्जन गर्ने वार्षिक कार्यक्रम रहेकोमा परिमार्जन हुन नसकेको स्थिति देखिन्छ । उल्लिखित अवस्थामा सुधार गरी कार्यान्वयनयोग्य फ्रेमवर्क तयार गरी कार्यान्वयन गर्नुपर्दछ ।’ महालेखा प्रतिवेदनमा भनिएको छ ।

डिजिटल प्रविधिको उपयोग गरेर मुलुको आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने उद्देश्यले तत्कालीन मन्त्रिपरिषद्‌ले २०७६ कात्तिक ५ गते डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको थियो जसमा ८ क्षेत्रका ८० वटा विविध विधाका पहलहरू समावेश भए थिए ।

उक्त महत्वकांक्षी योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगले ५ वर्षको समयसीमा तोकेर एक खर्ब सात अर्ब ५० करोड बजेट अनुमान गरिएको थियो । त्यसअन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारको कामहरू समावेश गरिएका थिए । तर, पछि त्यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेन।

सूचना प्रविधि क्षेत्रमा कानुनी व्‍यवस्था गर्न सुझाव

यस्तै महालेखा परीक्षकले सूचना प्रविधि क्षेत्रका सबै पक्षलाई समेटेर कानुनी व्‍यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । ‘विद्युतीय  कारोबार र सूचनाको सुरक्षा, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङको उपयोग, विद्युतीय प्लेटफर्महरूलगायतका सबै प्रकारका सूचना प्रविधि क्षेत्रलाई लागु हुने गरी आवश्‍यक कानुनी व्‍यवस्था गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सूचनाको गोपनीयता, साइबर सुरक्षाको निगरानी,  सुचना प्रविधिसम्बन्धी लेखापरीक्षण तथा संकट व्‍यवस्थापन र निरन्तर सेवा सञ्चालन गर्ने कुनी व्‍यवस्था गर्नसमेत सरकारलाई महालेखाले सुझाएको छ ।

यसैगरी विद्युतीय प्रणाली र विद्युतीय यन्त्र उपकरण खरिदको  नम्स र लागत अनुमान तयार गर्ने कार्यलाई व्‍यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । ‘ सूचना प्रविधि प्रणालीको आवश्यकता पहिचान गरी डिजाइन, विकास र मर्मतसम्भार सम्बन्धमा पर्याप्त अध्ययन र लाभ लागत विश्लेषण गरी प्रणाली तयार गर्नुपर्दछ।’

महालेखाले सूचना प्रविधिमा विकसित भएका सार्वजनिक निकायहरूको योजनालाई एकीकृत रुपमा व्‍यस्थित प्रयोग र सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गरेको छ । ‘ विभिन्‍न सार्वजनिक निकायहरूले छुट्टाछुट्टै डेटा सेन्टर सञ्चालन गर्ने कार्यमा सुधार गरी व्‍याकअपसहित एकीकृत डेटा सेन्टरको विकास गरी सबै निकायले सेवा लिन सक्‍ने व्‍यवस्था गर्नुपर्दछ।’ महालेखाको प्रतिवेदनले औल्याएको छ ।

सूचना प्रविधिलाई प्रभावकारी बनाउन, नियन्त्रण गर्न र सुरक्षामा एकद्वार प्रणाली लागू गर्न उत्प्रेरकको व्‍यवस्था गरी छुट्टै ज्ञान केन्द्र (नलेज सेन्टर) स्थापना गर्नसमेत सुझाव दिएको छ 

सरकारी निकायले सञ्‍चालन गर्ने सबै सूचना प्रणालीको आधिकारिक नियकायमा दर्ता तथा नवीकरणको व्‍यवस्था मिलाउन भनेको छ भने भल्नरेबलिटी एसेसमेन्ट एणड पेनिट्रेशन टेष्ट (भीएपीटी) लगायतका परीक्षण गरी मापदण्ड बनाएर प्रयोगमा ल्याउन महालेखाले आग्रह गरेको छ ।

यसका साथै एकै प्रकारको कामको लागि भिन्नाभिन्नै सूचना प्रणाली खरिद गर्ने कार्यमा नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ ।

त्यतिमात्रै होइन डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी सुरक्षित, सुलभ र सजिलो प्रणाली विकास गरी सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट हुने व्‍यस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गरेको छ ।

यसैगरी सार्वजनिक निकायले प्रयोग गरेका वेबसाइट र मोबाइल एप्लिकेशनमा एकरुपता कायम गरी विद्युतिसय माध्यमबाट सूचना प्रकाशन तथा प्रसारण गर्ने व्‍यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

यस्तै सबै सरकारी नियकायमा सूचना प्रविधिको पुर्वाधार तयार भई सञ्चालनमा रहेका अवस्थामा सूचना प्रविधि लेखापरीक्षण गर्न आवश्‍यक जनशक्ति तथा पुर्वाधार निर्माण गर्न पनि सरकारलाई महालेखाले सुझाव दिएको छ ।

 

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।