२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर-३ मा प्रवेश

काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर-३ मा पुगेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर- ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष-२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।