२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

सूचना बिनै करेन्ट छाडिंदा विद्युत पोलमै गयो ज्यान

काभ्रे । काभ्रेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दीका अन्दाजी २८ वर्षीय उपेश नेपाली (परियार) रहेका छन्। शनिबार बिहान ११ः३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचना विनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक हरेराम नेपालको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । उनको शव पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।