२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

बैतडीमा १२ मिनेटको अन्तरालमा दुई भूकम्प, स्थानीय त्रसित

 सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा आज बिहान १२ मिनेटको छोटो अन्तरालमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार, पहिलो भूकम्प बिहान १:४८ बजे सदरमुकाम खलंगालाई केन्द्रविन्दु बनाएर ५.१ रेक्टर स्केलको गएको थियो । त्यसको ठीक १२ मिनेटपछि, बिहान २:०० बजे पुनः सोही क्षेत्र आसपास केन्द्रविन्दु भई ३.७ रेक्टर स्केलको अर्को भूकम्प गएको हो ।

मध्यरातमा लगातार दुई पटक भूकम्पको कम्पन महसुस भएपछि स्थानीय बासिन्दा त्रसित हुँदै घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का बैतडीसँगै सीमा जोडिएका दार्चुला, बझाङ र डडेल्धुरा जिल्लामा समेत महसुस गरिएको केन्द्र प्रमुख तिमल्सिनाले जानकारी दिए । हालसम्म भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।

स्थानीय प्रशासन र सुरक्षा निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ । लगातारको कम्पनले नागरिकमा त्रास छाएको छ भने क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।