काठमाडौं उपत्यकामा वर्षकै धेरै गर्मी

0
773

काठमाडौं, २२ जेठ । काठमाडौं उपत्यकामा यसवर्षकै धेरै गर्मी भएको छ । उपत्यकाको तापक्रम यसबर्षकै धेरै ३२ डिग्री सेल्सियस पुगेको मौसमविदले बताएका छन् । अहिले पनि काठमाडौं गुम्म छ ।

आज बिहानको तापक्रम नै २३ डिग्री सेल्सियस पुगेको छ । अघिल्ला दिनमा यतिबेलाको तापक्रम १७–१८ डिग्री हुने गरेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । गर्मीले तराईको जनजीवन झनै प्रभावित भएको छ । यद्यपि, बेलुकीपखदेखि भने केही राहत मिल्ने अनुमान गरिएको छ ।

बेलुकीपख मौसम बद्ली हुने र भोलिदेखि विस्तारै तापक्रम घट्दै जाने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पूर्वी वायु र जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने अनुमान गरिएको हो ।