२०८३ बैशाख ८ गते मंगलवार
२०८३ बैशाख ८ गते मंगलवार

तरुण दलको भवन बनाउन मन्त्री सिंहले दिए तीन करोड बजेट

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले तीन करोड बजेट दिएको छ। मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो । तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् ।

तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ । प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट कटौंती गरेको भनिरहेको बेलामा आफू मन्त्री भएको बेलामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै प्रकाशमान सिंहले बजेट विनियोजन गरेका हुन् । यसअघि पनि तरुण दलले भवन बनाउने भन्दै करोडौँ आर्थिक संकलन पनि गरिसकेका छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।