प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८२ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ ।
बजेट पारित हुनुअघि संसदमा मन्त्रालयगत छलफल चलेको थियो भने छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
