२०८२ मंसिर २२ गते सोमबार
२०८२ मंसिर २२ गते सोमबार

राप्रपा सांसदको टिप्पणी- नेताहरुको रगतमा नै भ्रष्टाचार छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको उनले उल्लेख गरिन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौं उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौं चल्दै नचल्ने’, उनले भनिन्, ‘यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’

उनले विमान चढ्दा सुरक्षित साथ गन्तव्यमा पुगिन्छ भन्ने विश्वास गर्न सक्ने स्थिति बनाउन जोड दिइन् । ‘हामी प्लेन चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्’, उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।’ समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।