२०८३ आश्विन ८ गते बिहीबार
२०८३ आश्विन ८ गते बिहीबार

रसुवा बाढी बितण्डा : नेपाल–चीनबीचको मुख्य स्थलमार्ग सञ्जाल टुट्यो

रसुवागढीस्थित मितेरी पुल बगाएपछि नेपाल–चीनबीचको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। २०७६ जेठदेखि सञ्चालनमा रहेको उक्त पुल गएरातिको भीषण बाढीले बगाएको हो। यससँगै दुई देशबीचको मुख्य स्थलमार्ग सञ्जाल टुटेको छ।

यसअघि पनि २०७७ मा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो। तर, हरेक वर्ष बर्खायाममा चीनबाट बग्ने लेन्दी खोलामा आएको बाढीले पुल र आसपासका संरचनामा क्षति पुर्‍याउँदै आएको छ।

मितेरी पुल चिनियाँ लगानीमा निर्माण गरिएको हो। २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको पुल तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले पुनर्निर्माण गरेको थियो। व्यापारिक चाप बढेसँगै पहिलेको स्थानभन्दा करिब ५ मिटर उत्तरपूर्वमा नयाँ पुल निर्माण गरिएको थियो।

पुल बगेसँगै बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा समेत भौतिक क्षति पुर्‍याएको छ। त्यस्तै, चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजना, भन्सार यार्डमा रहेका कन्टेनर र विद्युतीय सवारीसाधनहरू समेत बगाएको छ।

बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीमा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार एक जनाको खुट्टा फेला परेको हो। यसबारे थप जानकारी आउन बाँकी छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।