२०८२ माघ ५ गते सोमबार
२०८२ माघ ५ गते सोमबार

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं : योगेश भट्टराई

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरुबाट एकअर्काप्रति आइरहेका कडा सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमार्फत् एकअर्कालाई नलल्कार्न भनेका हुन् । उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय छ । भट्टराईले थप लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’

महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् । यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए । नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ‘बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्’, भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।