विश्व प्रसिद्ध इटालि र थाइल्याण्डमा उत्पादित पोलिस ब्राण्ड अब नेपालमा,दरबारमार्गमा खुल्यो शोरुम ।

0
2678
काठमाडौ साउन ९ ।विश्व प्रसिद्ध इटालि र थाइल्याण्डमा उत्पादित पोलिस ब्राण्ड अब नेपालमा पनि उपलब्ध हुने भएको छ ।पोसिल ब्राण्डको नेपालका लागी आधिकारीक बिक्रेता एस जी इन्टरनेशनलले राजधानीको दरबारमार्गमा शोरुम सञ्चालनमा ल्याएपछि पोलिस ब्राण्ड नेपालमा उपलब्ध भएको हो । सोरुमको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभयो । विश्व प्रसिद्ध कलाकार देखी खेलाडी सम्मको रोजाइमा पर्ने पोलिस ब्राण्ड अब नेपालीले पनि आफ्नै देशमा किन्न सक्नेछन् ।पोलिस ब्राण्ड सबै बर्ग र क्षेत्रले प्रयोग गर्न एस जी इन्टरनेशनलले जनाएको छ । विशेष गरी पोलिस ब्राण्डका इटाली र थाइल्याण्डमा निर्मित चश्मा,घडी,जुत्ता,चप्पल,टिसर्ट लगायतका बालबालिका तथा युवा लक्षित ब्राण्डेड सामाग्री उचित मुल्यमा शोरुममा पाइनेछ ।