२९ वस्तुले पाए गुणस्तर प्रमाण (एनएस)चिह्न ।

0
273

काठमाडौँ, १० साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३÷०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको जनाएको छ ।
विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेशनल सिमेन्ट, काठमाडौँ स्टील, ॐ गणपति इण्डट्रिज प्रालि लगायत रहेका छन् ।
विभागले प्रक्रिया पु¥याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको जनाएको छ ।

एनएस चिह्न पाउनका लागि कुनै पनि कम्पनीले आफ्नो कम्पनीको आधिकारिक कागजातसहित विभागमा निवेदन दिएपछि र उत्पादित वस्तुलाई विभागमा ल्याएर गुणस्तर नाप्ने र फेरि निरीक्षण गरेपछि एनएस चिह्न प्रदान गर्ने गरिन्छ ।
नेपाली उत्पादनमध्ये हालसम्म २१० वस्तुले एनएस चिह्न प्राप्त गरिसकेका छन् । एनएस चिह्न लिए पनि समयमा नवीकरण नगरेका कारण केही वस्तुका एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ ।