त्रिशुलीमा खसेको ट्रकको खोजी कार्य जारी ।

0
435
धादिङ, १२ साउन । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
पेट्रोल पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रकमा कति मानिस र अन्य सामान के थियो भन्ने खुलेको छैन । चालकको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।