२०८३ जेष्ठ १९ गते मंगलवार
२०८३ जेष्ठ १९ गते मंगलवार

ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्दै

काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने भएको छ । कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो ।

एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने नखुलाइएको एचआरडी कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।