२०८२ फाल्गुन ६ गते बुधबार
२०८२ फाल्गुन ६ गते बुधबार

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- के भन्न खोजेको ? प्रतिवादमा उत्रिन नपरोस्

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले आफ्नो कुरा राखेर बैठक बहिष्कार गरेर हिँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई पार्टीले उठाएको विषयमा सरकार र संसदको ध्यानाकर्षण भइसकेको बताएका छन् ।

उनले भने, ‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ ।’

उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताएका छन् । उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।