काठमाडौं सिटिसी मलको चौथो तल्लामा नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि ईजी मोबाइल केयर प्रा.लि संचालनमा आएको छ । कम्पनीको एक कार्यक्रमकाबीच नायक राजेश हमाल सभासद तथा सिटिसी मलका अध्यक्ष ईच्छाराज तामाङ, नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष,अनिल केसरी शाह,मोबाइल इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मलहोत्रा र क्लासिक टेकका चिफ मार्केटिङ अफिसर प्रविण श्रेष्ठले कम्पनीले मोबाइलको बिक्री तथा बिक्री पछिको सर्भिसको औपचारिक शुरु गरेको घोषणा गरे ।
कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने दावी गरेको छ । कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रीका साथै सर्भिस पनि प्रदानुका साथै मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिने र यसको लागि ईजीमोबाइलकेयर डटकममा लगईन गरेर थप प्रक्रिया पुरा गर्नुपर्ने छ । ग्राहकहरुलाई अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्ने बताइएको छ ।
त्यस्तै ५० हजार भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने छ ।जसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।
कुनैपनि ग्राहकले ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछ भने ५ हजार देखि ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्नेछन् ।सुविधा लिनको लागि भने ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्ने छ र बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सकिनेछ ।
कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा मिलाइएको छ । यसअघि मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने व्यावस्था थियो । ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ ।
ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहककोे मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको छ । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने छ ।कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि हामी त्यो फोनको निशुल्क भ्यालूएसन गर्ने सुविधा पनि शुरु गरेको र जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो पुरानो फोनको मूल्य थाहा पाउन सक्ने बताइएको छ ।
ईजी मोबाइल केयरबाट मोबाइल खरिदगर्ने ग्राहकले यहि सिटिसी मलमा रहेको सिने डे सेफमा सिनेमा हेर्न एउटा टिकट खरिदमा अर्को टिकट सित्तैमा प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।हराएको भनिएका मोबाइल फोनहरु चोरीका हुन वा साँच्चिकै हराएका हुन भनेर थाहा पाउन अनलाइनमार्फत नै जानकारी लिन सकिने सुविधा पनि रहेको छ । कम्पनीले रिपेयरका लागि ल्याएका फोनहरुको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
कार्यक्रममा ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताउनुभयो ।अध्यक्ष पौडेलले भन्नुभयो, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’