राजधानी झिलिमिलि बनाउने एक युवाको अभियान अन्तीम चरणमा, ८० प्रतिशत काम सकियो ।

0
1982
साउन २० बिपी पोखरेल काठमाडौं । राजधानी काठमाण्डौलाई भिलमिलि बनाउने अभियान अन्तीम चरणमा पुगेको छ । रौतहट स्थायी घर भएका २९ बर्षका रोशन श्रीवास्तब आफ्नै करिब ५० करोड  लगानीमा राजधानीको मुहार फेर्ने महा अभियानमा लागेका छन् । राजधानीका मुख्य सडकमा सडक वत्ती जडान गर्ने अनुमति पाएको बिके ट्रेडर्स एण्ड सप्लायर्सले तोकिएको समय अगावै काम सम्पन्न गर्ने जनाएको छ ।
बिके ट्रेडर्सका निर्देशक रोशन श्रीवास्तवका अनुसार हाल सम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । सञ्चारखबरसँग कुरा गर्दै श्रीवास्तवले भने ,उपत्यकाका सडकमा साढे ८ सयको हाराहारीमा सौर्य प्रणालीमार्फत सडक बत्ती बलिसकेको छ । हामीले जिम्मा लिएकोमध्ये अब करीब ४ सय पोलमा बत्ती बाल्न बाँकी छ । हामीले गर्व गर्न लायक कुरा के छ भने, पूरा गर्ने प्रतिबद्धता जनाएको समय अवधिभन्दा अगाडि नै ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । अब बाँकी काम हाम्रो ढिलाइले भएको होइन महानगरले सहयोग गर्नुपर्छ ।

 

अभियन अन्र्तगत पहिलो चरणमा अनामनगर हनुमानस्थानदेखि बिजुलीबजार हुँदै बानेश्वरसम्म सोलार बत्ति जडानको कार्य गरिएको थियो ।कम्पनीले पहिलो चरणमा एकवर्षभित्र महानगर क्षेत्रभित्र पर्ने कमलपोखरी, टेकु, थापाथली , बबरमहल, बानेश्वर, दरबारमार्ग, कलंकी कालिमाटीलगायतका क्षेत्रमा सोलार सडक वत्ती विस्तार गर्ने योजना अनुरुप काम भैसकेको छ ।

दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कमलपोखरी देखि गौशालामा बत्ति बाल्के काम सम्पन्न भैसकेको छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने काम अन्तीम चरणमा पुगेको छ ।
निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक आठ हजार सात सय रोयल्टी महानगर पालिकालाई बुझाउनुपर्ने छ । सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः काठमाडौ महानगरपलिकको स्वामित्वमा जाने छ ।
जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । महानगरपलिकाले उपत्यकमा एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने जिम्मा बि के टेडर्सलाई दिएको हो ।