भरतपुरमा प्रचण्ड पुत्रि जित नजिक,पछिल्लो परिणाम यस्तो छ ।

0
500
साउन, २१ चितवन । भरतपुर महानगरपालिकामा करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । वडा नः २० मा खसेको ३३०२ मध्ये अब करिव १ हजार मत मात्र गणना गर्न बाँकी रहँदा रेणु दाहालले अग्रता लिएकी हुन् ।
कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा १०० मत बढी पाएकी छन् । रेणुको मत ४२ हजार ६८९ छ भने देवीले ४२५८९ मत पाएका छन् ।
वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । १९ नम्बरको वडाको झण्डै १८ सय मत गणना भइसकेको बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातिदिएका थिए । निर्वाचन आयोगले त्यो वडाको सबै मत बदर गर्दै शुक्रबार १९ नम्बर वडामा पुनः मतदान गराएको थियो ।
पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो ।
२० नम्बर वडाको २ हजार मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ५७ मतले अगाडि रहेकी छिन यहि आधारमा कत आए रेणुको जित सुनिश्चित रहेको छ ।