धादिङ, २३ साउन । जिल्ला समन्वय समितिको धादिङमा आज भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको पूरै समूह विजयी भएको छ ।
२६ मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गर्नुभयो । जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो ।
विजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराउनुभयो । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउने र विकासका निम्ति लागिपर्ने बताउनुभयो ।