२०८२ फाल्गुन २२ गते शुक्रबार
२०८२ फाल्गुन २२ गते शुक्रबार

अर्थ समिति सभापति भन्छन्– पैसा खाएकालाई तिराउने हो, थुनेर हुँदैन

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको टिप्पणी गर्दै उनले त्यसले निकास नदिने बताएका छन् ।

आज (बुधबार) अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनु पर्ने बताएका छन् । ‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि,’ सभापति चालिसेले भने, ‘कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइ दिनुपर्छ ।’

उनले २५ हजार बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताउँदै त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे । ‘उसले पैसा नपाएर रुवाबासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बदमासी गरेको छ भने सम्पति रोक्का गरेर भए पनि हामीले तिनैपर्छ भन्नु पर्छ । थुन्नु हुँदैन । बाहिर राख्नु पर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?,’ उनले भने ।

बुधवारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मति रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।