२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

प्रचण्डसँग रविले भने- बिगो बुझाएर बाहिरैबाट मुद्दा लड्ने सुविधासमेत पाइनँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर भेट्न चाहेको भएपनि समय नमिलेर नगएको बताए ।

लामिछानेको भैरहवा कारागारको भन्दा बसाइँ यहाँको राम्रो पाइएको बताए ।

प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नुभयो। मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो। अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ ।’

उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए। बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए ।

उनले थपे, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ ।’

उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताए। लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि सुनाए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।