२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

काठमाडौं मेडिकल कलेजमा महिला चिकित्सक, नर्स तथा कर्मचारीलाई दर खुवाइयो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले तीज पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई दर खुवाएको छ ।

शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रम सांस्कृतिक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई शुभकामना आदान–प्रदानका साथ उत्सवको रुपमा मनाइएको थियो । केएमसीले हरेक वर्ष तीजका अवसरमा दर खुवाउने परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि भव्य रूपमा दर कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी महिला कर्मचारीहरूले तीजका विशेष परिकारहरूको स्वाद लिँदै आपसमा शुभकामना साटासाट गरे । उनीहरूले यस अवसरले आपसी आत्मीयता र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

कलेजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै तीज पर्वको सांस्कृतिक र सामाजिक महत्त्वबारे चर्चा गरे ।

उनले यस्ता कार्यक्रमहरूले कार्यस्थलमा उत्सवमय वातावरण सिर्जना गर्नुका साथै महिला कर्मचारीप्रति सम्मान र प्रेरणा जगाउने बताए ।

कार्यक्रममा विभिन्न परिकारका दर, फलफूल तथा परम्परागत मिठाइहरूको व्यवस्थापन गरिएको थियो । सहभागी सबैलाई दर वितरण गरी सामूहिक भोजन गराइएको थियो ।

महिला चिकित्सक, नर्स र अन्य कर्मचारीहरूले कलेजप्रतिको कृतज्ञता प्रकट गर्दै यस्ता कार्यक्रमले आफ्नो व्यावसायिक जीवनमा छुट्टै उत्साह थप्ने प्रतिक्रिया दिएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।