२०८३ असार २ गते मंगलवार
२०८३ असार २ गते मंगलवार

संसद् अवरोधमा रेकर्ड : १००औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध र बहिष्कार गर्न थालेको सय दिन पूरा भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने माग राखेर दुवै दलले गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध तथा बहिष्कार गर्दै आएका हुन् ।

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्न दिएका दलहरूले त्यसपछिका केही बैठकमा उठेर नाराबाजी, रोस्टम घेराउ, निलो स्कार्फ लगाएर बैठकमा जाने लगायतका गतिविधि गरे । त्यसपछि बैठकको शुरूमा बोल्न समय मागेर आफ्ना कुरा राख्ने र बैठकबाट बाहिरिने गर्दै आएका छन् ।

उनीहरूको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् ।

आज सय दिनमा पनि दुवै दलले आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका छन् । आजको बैकमा बोल्दै रास्वपाका सांसद हरि ढकालले सत्तापक्षले विरोधी आवाज दमन गर्न खोजेको आरोप लगाउँदै यसबाट लोकतन्त्र बलियो नहुने बताए ।

यस्तै बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।