काठमाडौं । आज बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।
उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १७ जनाको मृत्यु पुष्टि भएको छ ।
ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । एक जनाको भने संसद भवन अगाडी नै गोली लागेर मृत्यु भएको थियो ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।









