प्रहरी जवानको आधारभूत तालिम सम्पन्न, देशको रक्षार्थ डटेर जिम्मेवारी पुरा गर्न निर्देशन ।

0
1462

भदौ ९ विराटनगर, । प्रहरी जवान आधारभूत तालिम  पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा सम्पन्न भएको छ । १३४ औ समुहको प्रहरी जवान आधारभूत तालिम पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश कुमार भट्टराईले समापन गरेका हुन् ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक भट्टराइले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिएका छन् । करिव १ वर्ष अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सीपहरु प्रहरी जीवनको आधारभुत अमुल्य नीति भएकाले सिकेका कुरालाई जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न महानिरीक्षक भट्टराइले निर्देशन दिएका हुन्।
समाजको गतिसंगै अपराध गर्ने शैली, अपराध कार्यविधि समेत विशिष्ट बन्दै गएको परिप्रेक्ष्यमा प्रादेशिक संरचना अनुरुप पुनरसंरचना हुन लागेको नेपाल प्रहरीबाट त्यसको सामाना गर्न हरेक प्रहरी कर्मचारीहरुको व्यवसायिक सक्षमता बाहेक अन्य कुनै बिकल्प नभएको महानिरीक्षक भट्टराइको धारण थियो।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा मिति २०७३ साल भाद्र ३१ गतेबाट संचालित उक्त तालिममा ९१ महिला सहित ६२७ तथा क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालयबाट १४४ सहित ७७१ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका हुन्।