२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

अन्तरिम सरकारका तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 

सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास, अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार थिए ।

अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुन् । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।

जेन–जीको प्रश्तावमा राष्ट्रपथि रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गर्दै छन् । अन्य सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्ने छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।