२०८२ आश्विन ५ गते आईतवार
२०८२ आश्विन ५ गते आईतवार

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक कैदीले आइतबार आफ्नो घर पुगेर पत्नीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका-१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा सजाय काटिरहेका थिए ।

उनले जेनजी आन्दोलनका क्रममा सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य ७ सय कैदीसँगै कारागारबाट भागेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।