२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।

निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ अध्यादेशमार्फत संशोधन गरेका थिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेसँगै मतदाता नामावली संकलनको बाटो खुला भएको हो ।

यसअघि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि नयाँ मतदाता नामावली सङ्कलन गर्न नपाउने व्यवस्था थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।