२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

राजनीतिक कनेक्शनका आधारमा रोकिएका सबै फाइल खुल्छन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोल्ने घोषणा गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिएका छन् ।

उनले आगामी चुनाव सम्पन्न गर्न शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिने बताए । सो क्रममा राजनीतिक कनेक्शनका आधारमा थन्किएका फाइलहरू खुलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । गृहमन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो, त्यस्तो अब हुँदैन ।’

उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन ।’

गत भदौ २४ गते जेनजी युवाको प्रदर्शनको क्रममा महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा क्षति पुगेको थियो ।

सो घटनाको अवलोकन गरेपछि गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा रोकिएका फाइलहरूको पुनः परीक्षण हुने बताएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।