काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले पशुपतिनाथ क्षेत्रमा बस्दै आएका ८४ वर्षीय साधु मनोहर गिरीको उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरेका छन्।

करिब ५२ वर्षदेखि पशुपतिमा बस्दै आएका गिरीको स्वास्थ्य समस्या देखिएपछि शर्मा आफैं एम्बुलेन्ससहित पशुपतिनाथ परिसर पुगेका थिए। गिरीको प्रोस्टेटको अपरेशन गर्नुपर्ने बताइएको छ ।


उद्धारपछि डा. शर्माले गिरीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारका लागि लगेका छन्।
शर्माले अस्पतालले समाजका अति विपन्न, सहयोगविहीन तथा कठिन अवस्थामा परेकाहरूका लागि सधैं तत्पर भएर सेवा प्रदान गर्ने बताए।










