२०८२ माघ १७ गते शनिबार
२०८२ माघ १७ गते शनिबार

ट्रम्पले सार्वजनिक गरे गोल्ड कार्ड भिसा योजना, १० लाख डलर तिरेर अमेरिका जान पाइने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी धनी व्यक्तिहरूलाई लक्षित गर्दै कम्तीमा १० लाख डलर तिर्नेहरूमात्रलाई छिटो प्रक्रियाबाट अमेरिका प्रवेश भिसा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण प्रक्रिया पूरा गरेका व्यक्तिलाई ‘नागरिकताका लागि प्रत्यक्ष मार्ग’ उपलब्ध गराउने दाबी गरे । ‘यो अत्यन्तै रोमाञ्चक छ ! अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा जोगाउन सक्नेछन्,’ ट्रम्पले लेखे ।

यस वर्षको सुरुमा घोषणा गरिएको ट्रम्प गोल्ड कार्ड कार्यक्रमका अनुसार यो भिसा त्यस्ता व्यक्तिहरूलाई दिइनेछ, जसले अमेरिका महत्त्वपूर्ण रूपमा लाभान्वित गर्ने क्षमताको प्रमाण पेस गर्न सक्छन् ।

यसैबीच, वासिङ्टनले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने, कार्य भिसा शुल्क बढाउनेलगायतका कठोर आप्रवासन नीतिहरू थप कडाइका साथ कार्यान्वयन गरिरहेको छ ।

कार्यक्रमका अनुसार गोल्ड कार्डले ‘रेकर्ड समय’भित्र अमेरिकामा बसोबासको अनुमति दिनेछ । आवेदनका लागि १० लाख डलरको शुल्क तिर्नुपर्छ, जुन रकम स्वयम् अमेरिका लाभान्वित हुने प्रमाणको रूपमा लिइनेछ । विदेशी कामदारलाई प्रायोजित गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । साथै, ५० लाख डलर तिरेर ‘प्लाटिनम’ कार्डसमेत प्राप्त गर्न सकिनेछ, जसले विशेष कर सुविधा दिने बताइएको छ ।

प्रत्येक आवेदकको अवस्थाअनुसार थप सरकारी शुल्क पनि लाग्न सक्नेछ । आवेदन सुरु हुनुअघि मात्र १५ हजार डलर नफर्काइने प्रक्रिया शुल्क अनिवार्य रूपमा तिर्नुपर्छ ।

फेब्रुअरीमा योजना पहिलोपटक सार्वजनिक हुँदा नै केही डेमोक्र्याट नेताहरूले यसले धनी व्यक्तिलाई मात्र प्राथमिकता दिने भन्दै आलोचना गरेका थिए ।

ट्रम्पले यो योजना हरित कार्ड (ग्रीन कार्ड)जस्तै भएको तर विशेष रूपमा ‘उच्च तहका’ व्यक्तिहरूलाई लक्षित गरिएको बताए । ‘हामी उत्पादक व्यक्ति चाहन्छौँ,’ उनले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।