२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखाको दुबै निर्वाचन क्षेत्र नछाड्ने अडान लिएको छ । भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ दुबै गोरखा २ बाट चुनाव लड्ने तयारीमा थिए । तर, एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि भट्टराई र श्रेष्ठमध्ये को भन्ने प्रश्न उठेको जनाईएको छ । माओवादी नेताहरुका अनुसार श्रेष्ठले योपटक आफू गोरखा २ बाट चुनाव लड्ने अडान लिएका छन् । त्यसपछि माओवादी भित्र भएको छलफलका क्रममा भट्टराईलाई त्यो क्षेत्र दिन नसक्ने अडान लिएका छन् ।
अब भट्टराईलाई कहाँबाट चुनाव लडाउने भन्ने अन्योल भएको नेताहरुले बताएका छन् । यसबारे नयाँशक्ति भित्र छलफल सुरु भएको छ ।