२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

फेरि मिले रेशम-रन्जिता, भोलि पार्टी एकता हुँदै

काठमाडौं- ४ महिना अगाडि राजनीतिक यात्रामा छुट्टिएका दम्पत्ति रेशम चौधरी र रञ्जिता श्रेष्ठको पुनर्मिलन हुने भएको छ । उनीहरुले नेतृत्व गरेको पार्टीबीच भोलि एकता हुन लागेको हो ।

भोलि दिउँसो १ बजे नाउपा नेपाल कार्यालय सिनामंगलमा पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ । रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो ।

छोटो समयमा स्थानीय तह प्रदेश र प्रतिनिधि सभामा राम्रो नतिजा ल्याएको पार्टी पछिल्लो समय दम्पती विवादका कारण सुस्त बनेको थियो ।
टिकापुरका सम्पन्न पहिलो महाधिवेशनबाट रन्जितालाई हटाउँदै रेशम आफै अध्यक्ष भएपछि नाउपाको विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब २ वर्षपछि भदौ २९ गते रेशम चौधरीले नाउपाबाट अलग भएको घोषणा गर्दै नाउपा नेपाल दर्ता गरेका थिए ।

कात्तिक २ गते कबीर सोबको अध्यक्षतामा गठन गरिएको नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

‘नाउपा र नाउपा नेपाल दुवै पार्टीको जन्मदाता रेशम चौधरी हुनुहुन्छ । दुवै पार्टीको विचार सिद्धान्त र मार्गदर्शन एउटै छ त्यसैले फरक फरक भएर जानुभन्दा एक हुनु पर्छ भनेर हामीले एकता गर्न लागेका हौँ ’ उनले भनिन्,‘दुई पार्टीको एकताले पार्टी अझै बलियो र सुदृढ बन्ने छ ।’

नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई नाउपाले स्वीकार गर्ने जनाएको छ । पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने जनाइएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।