गैर आवासिय नेपालीहरुको महामेलाको सम्पुर्ण तयारी पुरा, अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने ।

0
627

असोज २६ काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षका जमुना गुरूङले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो ।

एनआरएनएको अध्यक्षका लागि यसअघि वरिष्ट उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका थिए । तर, वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना पनि मैदानमा उत्रिएपछि भिडन्त त्रिपक्षीय हुने भएको हो ।

उम्मेदवारी दिने नदिने द्विविधमा रहेकी जमुनाले बुधबार बेलुका विभिन्न देशबाट आएका प्रतिनिधिसँगको भेटपछि एनआरएनए अध्यक्ष तथा आफ्ना पति शेष घलेको सपना पूरा गर्न अध्यक्ष बन्नुपर्ने निष्कर्ष निकालेकी हुन् ।

घलेले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डको प्रस्ताव गरेकी छिन् । त्यसबारे अहिले फरक फरक टिप्पणी भइरहेका छन् । जमुनाले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड कार्यान्वयनमा ल्याउन आफ्नो उम्मेदवारी जरूरी रहेको भन्दै दबाब परेकाले अध्यक्षमा उम्मेदवारी दिएको पत्रकार सम्मेलनमा बताएकी छिन्।

एनआरएनएको विश्व सम्मेलन यही असोज २८ शनिबार देखि ३१ गते सम्म काठमाडौँमा हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनले जनाएको छ । विश्वभरका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सम्मेलनमा सहभागी हुन काठमाणडौ आइपुगेका छन्।