काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन् ।
खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा सक्रिय हुन मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।”
हालको सरकार गठन भएयता राजीनामा दिने मन्त्रीहरूको संख्या तीन पुगेको छ । यसअघि कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलले पनि मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।








