आफ्ना नेतालाई टिकट एमालेका नेताहरुले सप्तरीमा अनशन थाले ।

0
613

१५ कात्तिक , सप्तरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला ईन्चार्ज सुमनराज प्याकुललाई उम्मेद बनाउनुपर्ने माग राख्दै जिल्ला स्तरीय नेताहरुले आमरण अनसन सुरु गरेका छन् । प्रदेश नं. २ मा हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो भएको क्षेत्रमा माओवादीलाई उम्मेदवारी छोडेको भन्दै जिल्ला सदस्य स्तरीय नेताहरु दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र ललित रजकले अनशन सुरु गरेका हुन् । एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि सर्वसम्मत रुपले सिफारिश पठाएका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनु पर्ने माग गरेका छन् ।

सप्तरीको राजविराज स्थित जिल्ला पार्टी कार्यालय मदननगरमा अनशन बसेका उनीहरुले लामो समयदेखि पार्टीलाई योगदान पु¥याएका नेता प्याकुरेललाई टिकट नदिएसम्म अनसन जारी राख्ने अनसरत नेता अखिलेश झाले बताए ।वाम गठबन्धनले सप्तरीमा प्रतिनिधि सभातर्फ क्षेत्र नं। १ र २ नेकपा माओवादी केन्द्रलाई, क्षेत्र नं। ३ नेकपा एमालेलाई र क्षेत्र नं। ४ सुर्य चुनाव चिन्ह स्वतन्त्रको भागमा रहेको छ । प्रदेश सभातर्फ एमाले र माओवादीको भागमा ४–४ सिट परेको छ ।