राइनो संरक्षण गोल्ड कपमा भोलीबाट सेमी फाइनलको खेल हुने, आजको खेलमा एपिएफ बिजयी ।

0
292

कार्तिक १९ नवलपरासी मिना कंडेल । संरक्षणका लागि खेलकुद भन्ने उदेश्यका साथ राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता २०७४ को आईतबार सम्पन्न क्वाटर फाईनल खेलमा देशभक्त नवलपरासीलाई २–० गोल अन्तरले पराजीत गर्दै नेपाल ए पि. एफ. काठमाण्डौले सेमि फाईनलको यात्रा तय गरेको छ ।
खेलको दोस्रो हाफको ३२ औ मिनेटमा नेपाल ए पि. एफ. काठमाण्डौका जर्सी नम्वर १०का युवराज खड्काले पहिलो गोल गरेका थिए । खेलको ४८ औ मिनटमा नेपाल ए पि. एफ. काठमाण्डौका जर्सी नम्वर ९ का रन्जन विष्टले अर्को गोल गरेका थिए ।
यो सगै नेपाल ए पि. एफ. काठमाण्डौ सेमिफाईनलमा प्रवेश गरेको छ । नेपाल ए पि. एफ. काठमाण्डौले कार्तिक २१ गते कास्की ११ सग प्रतिशपर्धा गर्नेछ ।
राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता अन्र्तगत पहिलो सेमि फाईनल खेल भोली संकटा ब्लब पोखरा र डिभाईन वाईन ब्वाईज युनियन क्लवकाठमाण्डौ विच हुने आयोजकले जानएको छ ।