निर्वाचनमा खटिने कर्मचारीलाई दक्ष बनाईदै ।

0
267

२१ कात्तिक , काठमान्डौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता र मतगणना लक्षित कार्यक्रम अन्तिम चरणमा पुर्याएको जनाएको छ । केन्द्रिय प्रशिक्षण सम्पन्न गरेलगत्तै आयोगले आजबाट २ दिने क्षेत्रिय प्रशिक्षण सुरु गर्ने जनाएको छ । सात वटै प्रदेशमा आजबाट २ दिन प्रशिक्षण सञ्चालन हुने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिए । क्षेत्रिय प्रशिक्षण लगत्तै जिल्लागत रुपमा प्रशिक्षण सुरु गर्ने आयोगको तयारी छ । आयोगले मतदाता र मतगणना लक्षित प्रशिक्षण सबै जिल्लामा २७ गते अगावै गरिसक्न मुख्य निर्वाचन अधिकृतको कार्यलयलाई निर्देशन दिएको छ ।

हरेक मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी पठाउने गरी आयोगले यो कार्यक्रम सुरु गरेको हो । यसैबीच मतपत्रमा भएको परिमार्जित ब्यबस्था अनुसारको मतदाता शिक्षा कार्यक्रम २५ गते देखि सुरु हुने भएको छ । त्यसका लागि बिहिबारबाट हरेक जिल्लामा रहेका कर्मचारिलाई तालिम सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ ।