प्रहरीमा जागिर लगाइदिन्छु भन्दै १ लाख ठग्ने महिला पक्राउ ।

0
314

कार्तिक २४ दाङ । प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । रोल्पा कोटवाङ घर भइ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २३ वर्षकी अमृता वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वलीले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दाङ दंगीशरण गाउँपालिका वडा नं ७ का अनिकेत योगी र बिजयराज बिकबाट प्रतिब्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिषेश टोलीले वलीलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।