लेबनानका प्रधानमन्त्री हरीरीले साउदी अरब पनि छाडे ।

0
290

२ मंसिर, रियाद । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भएको छैन ।आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरीरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बीबीसीले लेखेको छ ।राजीनामाका क्रममा प्रधानमन्त्री हरीरीले आफूले लेवनानी नागरिकलाई एक बनाउँदै अखण्ड र सक्षम देश बनाउन चाहे पनि त्यो गर्न नसकेको बताएका थिए । उनले इरानले लेवनानको दुरुपयोग गरेको र अरवलाई ध्वस्त पार्न खोजेको आरोपसमेत लगाए । उता इरानले भने हरीरीको आरोपलाई खण्डन गर्दै उनि लेवनानका प्रधानमन्त्रीका रुपमा रहिरहुन् भन्ने चाहेको स्पष्ट पारेको छ ।